सरकारसँग वार्ता गर्न राप्रपाद्वारा ३ सदस्यीय समिति गठन

501
  •  
  •  
  •  

काठमाडौं, ९ वैशाख(ओएनएस) : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन गरेको छ ।

राप्रपाले पार्टीका वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरिएको हो ।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा छन् ।

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाका लागि आन्दोलन गरिरहेको राप्रपालाई कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आइतबार पत्र पठाएर वार्तामा बोलाएका थिए । सरकारको पहलकदमीलाई सकारात्मक रुपमा लिँदै राप्रपाले वार्ता समिति गठन गरेको हो ।

राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह लगायतका २२ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर आन्दोलन शुरु गरेको थियो ।


  •  
  •  
  •