कार्यकर्तालाई राहत कार्यमा जुट्न राप्रपाको आह्वान

400
  •  
  •  
  •  

काठमाडौं, १८ चैत(ओएनएस) : बारा र पर्सा लगायत तराईका जिल्लाहरुमा आइतबार साँझ हावा हुरीबाट भएको धनजनको क्षतिप्रति राप्रपाले दुःख व्यक्त गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै प्राकृतिक विपदबाट ज्यान गुमाएका पीडित परिवारलाई सहयोग र घाईतेहरूको निःशुल्क उपचारका लागि सरकारलाई अनुरोध छ ।
साथै राप्रपाले आफ्ना कार्यकर्तालाई राहत कार्यमा जुट्न र घाइतेहरुका लागि रगतको अभाव हुन नदिन रक्त संकलन समेत आव्हान गरेको छ ।


  •  
  •  
  •