राप्रपाको विस्तारित बैठक चैतमा

417
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन(ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठक आगामी चैत १ गतेबाट काठमाडौंमा शुरु हुँदैछ ।

राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ संगठनका अध्यक्ष र पार्टीका विभागीय समितिका प्रमुखहरुको सहभागिता रहने उक्त विस्तारित बैठकमा पार्टीले घोषणा गरेको शान्तिपूर्ण जनसंघर्ष, देशको समसामयिक घटनाक्रमलगायतका विषयमा छलफल हुनेछ ।

यस्तै बैठकमा आन्दोलनको स्वरुप तय गरिने राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य शशी भण्डारीले जानकारी दिए ।फागुन ७ गते प्रधानमन्त्रीलाई २२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएर फागुन मसान्तसम्मको बटमलाइन दिएको राप्रपा चैत्रको पहिलो साताबाट आन्दोलनमा उत्रने बताइएको छ ।

हिन्दुराष्ट्रको पुनस्र्थापना, राजसंस्थाको विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताको खारेजी, भारतसँग भएको १९५० को सन्धि र असमान सम्झौता पुनरावलोकन र खारेजीको मुद्दासहित राप्रपा संघर्षमा जान लागेको भण्डारीले बताए ।


  •  
  •  
  •