राप्रपा बैठक : ह्वीप नमान्ने सांसदको छानविन गर्ने जिम्मेवारी अनुुशासन समितिलाई

210
  •  
  •  
  •  

kamal-thapa

काठमाडौं, ६ भदौ (ओएनएस) : राप्रपाले संशोधन विधेयकको विपक्षमा भोट हाल्न जारी गरेको ह्वीप नमान्ने सांसदलाई कस्तो कारबाही गर्ने भन्ने बारेमा निर्णय लिने जिम्मा अनुशासन समितिलाई दिएको छ ।

राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले ह्वीप उलंघन गर्ने १८ जना सांसदको छानविन गरि कारबाही गर्ने जिम्मेवारी समितिलाई दिइएको हो ।

बैठकमा पार्टी प्रमुख सचेतक कुन्तीकुमारी शाहीले अनुशासन उलंघन गर्ने सांसदको विषमया पेश गरेको प्रतिवेदनमाथि छलफल भएकोछ । प्रतिवेदनमाथि थप अध्ययन गरेर कारबाही सम्बन्धि सुझाव पेश गर्न अनुसन्धान समितिलाई तीन दिनको समय दिइएको छ ।

अनुशासन समितिमा राजीव पराजुली, तोरण बहादुर गुरुङ, लीला श्रेष्ठ, श्याम शाही र चन्देश्वर यादव रहेका छन् ।
यस्तै, पार्टी विभाजन बारे सर्बोच्चले पशुपति शम्शेर राणाको पक्षमा सर्बोच्च अदालतले गरेको फैसला सम्बन्धमा पनि कानूनबीदहरुसंग छलफल गरेर अघि बढ्ने निर्णय गरिएको छ ।


  •  
  •  
  •