फेरि एमालेकै लाइनमा राप्रपा, संशोधनको विपक्षमा भोट हाल्ने निर्णय

224
  •  
  •  
  •  

kamal-thapa
काठमाडौं, ४ भदौ (ओएनएस) : राष्ट्रिय जनता पार्टी (राप्रपा)ले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

हेटौडामा बसेको राप्रपाको बैठकले एमालेको लाइनमा उभिँदै संविधान संशोधनको विपक्षमा भोट हाल्ने निर्णय गरेको हो । यसअघि संशोधन विधेयकमा नैतिक प्रतिवद्धता जनाइसकेको भन्दै संशोधनको पक्षमा उभिएको राप्रपाले पार्टीमा भएको फुटपछि त्यसको विक्षमा उभिएके हो ।

राप्रपाले संशोधन विधेयकले मधेसको समस्या समाधान गर्न नसक्ने, हिन्दु राष्ट्रबारे आफूहरुले राखेको संशोधन अघि नबढाएको कारण देखाउँदै संशोधनको विपक्षमा उभिएको जनाएको छ ।

यसअघि संविधानको पक्षमा रहेको राप्रपाले एक्कासी विपक्षमा भोट हाल्ने निर्णय गर्नुलाई पार्टी फुटको कारण मानिएको छ । तर, राप्रपाले यसलाई पुष्टि भने गरेको छैन ।

यसअघि राप्रपाबाट पार्टी फुटाएर पशुपति शर्मासहितको टीम बाहिरिएपछि अध्यक्ष कमल थापाले पार्टी फुट्नुमा सरकारकै हात रहेको आरोप लगाएका थिए । यसकारण पनि थापाले यसैको बदला लिन सरकारले ल्याएको संविधान संशोधनको विपक्षमा भोट हाल्ने निर्णय गरेको हुन सक्ने बताइएको छ ।

यहि क्रममा संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा दफावार छलफल चलिरहेको छ भने सोमबार निर्णयार्थ पेश हुनेछ । संशोधनका लागि स्पष्ट बहुमत नपुगिरहेको बेला १५ सांसद रहेको राप्रपाले विपक्षमा भोट हाल्ने निर्णय गरेपछि सरकार झन शंकटमा परेको छ ।


  •  
  •  
  •