सिमित दलले गरेको सहमति अस्वीकार्य : राप्रपा नेपाल

140
  •  
  •  
  •  

kamal-thapaकाठमाडौं, १९ भदौ (ओएनएस) : राप्रपा नेपालले केही सिमिति दलले गरेको सहमति संविधानसभामा लाद्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएको छ । बिहीवार राप्रपा नेपाल संसदीय दलले विज्ञप्ती जारी गर्दै जनताको चाहना र राजनीतिक दलहरुको प्रतिवद्धताअनुरुप संविधान निर्माण गरिसक्ने समय नजिक आइपुग्दा समेत सहमतिको वातावरण तयार हुन सकेकोमा चिन्ता प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘केही सिमित राजनैतिक दलहरुका वीचमा सम्झौता गरि संविधानसभामा लाद्दे जुन प्रयास भैरहेको छ त्यसप्रति राप्रपा नेपालको घोर आपत्ति छ । संविधानसभालाई उपेक्षा गरि सिमित दलहरुको वीचमा हुने सम्झौतालाई राप्रपा नेपाल अस्विकार गर्दछ ।’

संविधान निर्माण गर्ने समय नजिक आइपुग्दा समेत गत चुनावमा करिब ७ प्रतिशत जनमत प्राप्त गरेको तथा राष्ट्रको चौथो शक्तिले उठाएको एजेण्डालाई कुनै सम्बोधन नगर्ने तथा पूर्णतया निषेध गर्ने गरि भैरहेको षडयन्त्रप्रति राप्रपा नेपाल संसदीय दलको बैठक खेद प्रकट गरेको छ । सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था तथा स्थानीय स्वायत्त शासन प्रणाली सम्बन्धि पार्टीको एजेण्डा सम्बोधन हुने अवस्थामा हदैसम्मको लचकता कायम राख्न तयार रहँदा पनि जुन निषेधको मानसिकता कायम गरिएको भन्दै उसले त्यसको विरोध गर्दै पार्टीले संसद र संविधानसभामा सशक्त प्रतिरोध गर्ने तथा सम्बन्धित समितिहरुमा लिखित रुपमा नै असहमति दर्ता गर्ने संसदीय दलको बैठकले निर्णय गरेको छ ।


  •  
  •  
  •