बालिका बलात्कार गर्ने फरार

419
  •  
  •  
  •  

राजविराज, जेठ २९ (ओएनएस) । विगत ११ महिनाको अवधिमा सप्तरीमा २४ वटा बलात्कारका घटना भएका छन् । प्रहरीले ११ महिनाको अवधिमा २४ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच सप्तरीमा एक युवक आफ्नै छिमेकी नौ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका छन् । जिल्लाको तिलाठी गाविस–७ का २१ वर्षीय राजीव झाले बालिकालाई जबरजस्ती नियन्त्रणमा लिएर बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आफन्तको घरबाट विवाहमा सरिक भई फर्कंदै गरेकी पीडितलाई सोमबार बिहान ५ बजे एक्लैदेखि डरधाक, धम्की देखाई आँपको बगँैचामा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले मंगलबार उजुरी दिएका छन् । उजुरीका आधारमा बिहीबार मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पीडितको गत मंगलबार राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।


  •  
  •  
  •