एसएलसी परिक्षार्थी बलात्कृत

163
  •  
  •  
  •  

काठमाडौं ६ चैत ।  एसएलसी परीक्षा दिन आएकी १७ वर्षीया एक छात्रा बलात्कृत भएकी छन्। साप्पाटा गाविस १ घर भई मार्तडीमा बस्दै आएका ३० वर्षीय दीलबहादुर रोकायाले मंगलबार बलात्कार गरेका हुन्।

ग्रामीण क्षेत्रबाट एसएलसी परीक्षा दिन मार्तडी आएकी ती छात्रालाई उनले डेरा गरी बसेको कोठामा राति पसेर खुकुरी देखाएर बलात्कार गरेको प्रहरी जनाएको छ।

रोकायालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नारायण चन्दले जानकारी दिए। पीडित छात्राका बुबाले प्रहरी कार्यालयमा उजुरी दिएपछि रोकाया पक्राउ परेका हुन्।

होम सेन्टर हटाएपछि सदरमुकामलगायत परीक्षा केन्द्र तोकिएका विद्यालय नजिकका गाउँमा छात्रछात्रा डेरा गरी बसेका छन्। छात्राले एसएलसी परीक्षा भने दिएकी छन्।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •