१५ वर्षीया किशोरीले बच्चा जन्माएपछि खुल्याे यस्ताे तथ्य, दुई युवक पक्राउ

337
  •  
  •  
  •  

काठमाडौं, २६ असाेज (ओएनएस) : काठमाडौंमा १५ वर्षीया किशोरीले शिशु जन्माएपछि बलात्कारको घटना सर्वजनिक भएकाे छ। उक्त बलात्कारकाे आरोपमा दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–७ घर भई हाल काठमाडौं ६, म्हैंपी बस्ने वर्ष १९ का विनोद थापा र वर्ष १८ का सुरेश थापा रहेका हुन्। महानगरीय प्रहरी वृत्त लैनचाैरले अाराेपितहरुलार्इ पक्राउ गरी अनुसन्धान थालेकाे छ।

पेट दुखेको भनेर काठमाडौंको नयाँबजारस्थित पिपुल्स् अस्पतालमा उपचार गर्न गएकी तिनै युवकका गाउँकी ती किशोरीले बिहीबार दिउँसो मृत शिशु जन्माएकी हुन्। त्यसबारे सोधपुछ गर्दा किशोरीले आरोपति दुवै जनाले गत माघदेखि आफूलाई पटकपटक बलात्कार गर्दै आएको बताएपछि उनीहरूलाई बिहीबारै पक्राउ गरिएको प्रहरीले जनाएको छ।


  •  
  •  
  •