सीआर्इबीले यस्तो एक्सन लिएपछि बलात्कार काण्डका मुख्य अभियुक्त गौतमद्वारा आत्मसमर्पण

1261
  •  
  •  
  •  

काठमाडौं, १८ असाेज (ओएनएस) :प्रहरी अधिकारी नै मुछिएको काठमाडौंको दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त विकास गौतमले अदालतसमक्ष आत्मसमर्पण गरेका छन्।

विगत ८ महिनादेखि फरार रहेका गौतमको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआर्इबी)ले खोजी तिब्र पारेपछि बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन्। अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरिएको दरबारमार्ग प्रहरी प्रभागका डिएसपी दानबहादुर मल्लले बताए।

आफूलाई खोजिरहेको थाहा पाएपछि गौतमले आत्मसमर्पण गरेको बताइएको छ। गौतम र उनका साथीसहित ४ जनाको समूहले गत माघ पहिलो साता दरबारमार्गको ल्याण्डमार्क होटेलमा एक यूवतीमाथि सामूहिक बलात्कार गरेको थियो ।

युबतीले आफू बलात्कार भएको उजुरी महानगरीय प्रहरी बृत्त दरबारमार्गमा दिए पनि घटनालाई प्रहरीकै मिलेमतोमा मिलापत्रमा टुंग्याउन खोजिएको थियो ।

बलात्कारको घटना मिलापत्रमा टुंग्याउन खोजिएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशनरप्रसारण भएपछि उक्त प्रकरणमा प्रहरी अधिकारीमाथि समेत कारबाही भएको छ । बलात्कारमा संलग्न अन्यलाई भने प्रहरीले यसअघि नै पक्राउ गरेको थियो ।


  •  
  •  
  •