रुपन्देही, १५ पुस (ओएनएस) : रुपन्देही जिल्लामा बालिकामाथि यौनहिंसामा घटना बढेको तथ्य सार्वजनिक भएको छ । ती यौनहिंसामा आफ्नै परिवारका सदस्यहरु समेत संलग्न पाइएको पनि मनाव अधिकारसम्बन्धि संस्था इन्सेकले जनाएको छ ।
इन्सेक रुपन्देहीले अभिलेख गरेको तथ्यांकमा नाबालिका र बालिकाहरु यौन हिंसाको शिकार भएका घटना बढी छन् । रुपन्देहीमा सन् २०१४ मा बलात्कार र बलात्कार प्रयासका ३५ वटा घटनाको तथ्यांक संकलन भएको इन्सेक प्रतिनिधि अमृत गिरीले बताए ।
जिल्ला प्रहरी कार्यालयमा भने चालु आवमा बलात्कारका १५ र बलात्कार प्रयासका १२ वटा घटनाहरुको तथ्यांक संकलन भएको बताएको छ । प्रहरी कार्यालयमा अघिल्लो आबमा बलात्कारका २५ र बलात्कार प्रयासका १७ वटा घटनाहरु दर्ता भएका थिए ।
२ वर्षीया नाबालिका शिशुदेखि ७५ वर्षीया बृद्धासम्ममाथि बलात्कार तथा बलात्कारप्रयासका यौनजन्य हिंसाका क्रुर घटना भएका छन् । अधिकांश यौजनन्य हिंसाकाघटनामा नाबालिकाहरु शिकार भएका छन् । कति आफ्नै परिवारमा असुरक्षित छन् । बाबु र हजुरबा सम्मले नाबालिका छोरी र नातिनीलाई बलात्कार गरेका घटनाइन्सेकले संकलन गरेको तथ्यांकमा छ ।
सन् २०१५ मा प्रकासन हुने वर्ष पुस्तकका लागि रुपन्देहीमाइन्सेकले अभिलेख गरेका घटनाका सम्बन्धमा पूर्वसमीक्षा बैठकमा उल्लेखित तथ्य सार्वजनिक भएको हो ।
समीक्षा कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवकाप्रमुख दीपक जंगध्वजकार्कीले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार भित्र संरचना,प्रक्रिया र परिणामलाई उजागार गर्नेगरी अभियान चलाउन आग्रह गरे ।
प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले इन्सेकको मानवअधिकार वर्षपुस्तकले प्रहरी लगायतका सुरक्षा निकायलाई मार्गनिर्देशन गर्ने गरेको पनि बताए । उनले मानव अधिकारकालागि प्रहरी प्रतिबद्ध रहेको र सहकार्य गर्न तयार रहेको पनि बताए ।