दुबईमा रुम पार्टनरबाट नेपाली युवक बलात्कृत

221
  •  
  •  
  •  

काठमाडौं ७ फागुन । एक पाकिस्तानी युवकले रुम पार्टनर एक नेपाली युवकलाई बलात्कार गरेका छन् ।

कोठामा सुतिरहेको अवस्थामा नेपाली पुरुष साथीलाई बलात्कार गरेको अभियोगमा एम.वाई. नाम गरेका पाकिस्तानी युवकलाई दुबई अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो ।

३१ वर्षिय पाकिस्तानी युवकले रक्सीको नशामा २२ वर्षिय नेपाली युवकलाई बलात्कार गरेको गल्फ न्युज अनलाइनले जनाएको छ । हिजोमात्र अदालतले सजाय सुनाएको भएपनि घटना भने गएको जनवरी महिनामा भएको थियो ।

त्यो दिन आफुले अत्याधिक रक्सी पिएको र मातेपछि के भयो कुनै याद नरहेको अदालत समक्ष बलात्कारी युवकले बयान दिएका छन् । बलात्कृत नेपाली युवकले भने, सुतिरहेको अवस्थामा ती पाकिस्तानी साथीले जर्बजस्ती बलात्कार गरेको बताएका छन् ।

उनले अदालत समक्ष भनेका छन्, “सुतिरहेको अवस्थामा एक्कासी आफुँमाथी चढेर हलचल समेत गर्न दिएन ।” न्यायधीश इजात अब्दुलले अभियुक्त बलात्कारीले ५ बर्षको जेल सजाय भोगिसकेपछि निर्वासित गरिने निर्णय सुनाएका छन् । बलात्कारी युवकले पुनरावेदनको लागि १५ दिनको समय अवधी पाएका छन् । अन्नपूर्णपाष्टबाट


  •  
  •  
  •