कञ्चनपुर, २ पुस (ओएनएस) : कञ्चनपुरका एक पादरीले १४ बर्षिया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दर्ता भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा रहेको जयमसी चर्चका पादरी ३६ वर्षीय दीपेन्द्र पालविरुद्ध जबर्जस्ती करणीसम्बन्धी उजुरी दर्ता भएको हो ।
पीडित बालिकाका परिवारले राष्ट्रिय मानव अधिकार आयोग र आदिवासी, जनजाति महासङ्घको सहयोगमा मङ्गलबार उजुरी दर्ता गरेका हुन् । बालिकामाथि जबर्जस्ती करणी गरेको प्रमाण नपुगेको भन्दै प्रहरीले यसअघि उजुरी दर्ता गर्न मानेको थिएन ।