बाबुद्वारा ११ बर्षिया छोरी बलात्कृत

356
  •  
  •  
  •  

बझाङ १४ पुस (ओएनएस) : बझाङको जयपृथ्वी नगरपालिकामा बाबुद्वारा ११ बर्षिया छोरी बलात्कृत भएकी छिन् । शनिबार राती ३१ बर्षिय बाबु गजेन्द्र खातीले नाबालक छोरीलाई बलात्कार गरेका हुन ।

बाबुले ६ पटकसम्म बलात्कार गरेको पिडित बालिकाको भनाइ छ । धेरै पटक बलात्कार गरेको भएपनि बाबुले कसैलाई भने मार्ने धम्की दिने गरेको न्यायका लागि महिला अधिकार मञ्च आएकी पिडित बालिकाले रुदै भनिन् ।

बाबुले मदिरा सेवन गरेर पटक पटक बलात्कार गर्न थालेपछि पिडित बालिकाले आमालाई जानकारी गराउँदा घटना सार्वजनिक भएको हो । सोमबार पिडित बालिकाकी आमाले छोरीलाई न्याय दिन महिला अधिकार मञ्च, जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएकी छन ।

जिल्लामा बाबुद्वारा छोरी बलात्कृत भएको यो पहिलो घटना सार्वजनिक भएको हो । छोरी बलात्कार गर्ने खाती भगौडा नेपाली सेना हुन ।

आफैले जन्माएकी छोरीलाई बलात्कार गर्ने बाबुलाई राज्यले कडा कारबाहि गर्नुपर्ने महिला अधिकार मञ्चकी सदस्य सीता सिंहले बताइन् । राज्यले यस्ता बलात्कारीलाई उन्मुक्ती दिए अरु छोरीहरु पनि बलात्कारको सिकार हुने उनको भनाइ रहेको छ ।

जिल्लामा पत्येक बर्ष बलात्कारका घटनामा बृद्घि हुदै आइरहेको छ । गतबर्ष १४ जना महिलाहरु बलात्कारका सिकार भएकी थिइन् । बलात्कार गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिइ सकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कमल बिष्टले बताए ।

उनले भने ‘जिल्ला अस्पतालको रिपोर्टमा बलात्कारको पुष्टि भएकाले छोरी बलात्कार गर्ने बाबुलाई जबरजस्तीकरणी ऐन अन्र्तगत कारबार्हि प्रक्रिया अघि बढेको छ ।’


  •  
  •  
  •