पाँच सय दिएर बालिका बलात्कार गरेको आरोप

221
  •  
  •  
  •  

काठमाडौं, १५ साउन (ओएनएस) : नेपाली काग्रेसकी एकजना सभासदले बालिकालाई बलात्कार गर्ने माओवादी कार्यकर्तालाइ शक्तिको बलमा बचाउन खोजिएको भन्दै कारवाहीकोे माग गरेकी छन् ।

व्यबस्थापिका संसदको बिहीवार बसेको बैठकमा सभामुखसंग विशेष समय लिएर सभासद् कल्पना शोबले डोटीको काडामाडांै गाविसमा माओवादी कार्यकर्ता मिन खड्काले ११ बर्षीया बालिका देवी कुमारी भट्टलाई बाख्रा चराउन जादा ५ सय दिएर ललाई फकाई बलात्कार गरेको आरोप लगाएकी हुन् ।

‘दलित र महिलाको हित गर्छौ भन्ने माओवादीले बालिका बलात्कार गर्न मिल्छ ?’ उनले संसदमा प्रश्न गरिन् । सभासद शोबले बलात्कार गर्नेलाई शक्तिको बलमा जोगाउन प्रयास भइरहेको प्रति आपत्ति जनाउदै पीडकवाट क्षतीपूर्ती दिलाउन माग गरिन् । ‘घरमा बाउ आमालाई भनिस भने ५ हजार तिराउँछु भनेर उल्टै धम्की दिएका छन्’उनले भनिन् ।


  •  
  •  
  •