काठमाडौ, २३ भदौ(एजेन्सी) : गुडगाऊँमा साउदी अरबको एक कुटनीतिक अधिकारीमाथी नेपालका दुई महिलाको बलात्कारको आरोपमा मुद्धा दर्ता गरिएको छ । बलात्कृत भएका ती नेपाली महिलाहरूले ती कुटनीतिक अधिकारीले आफूहरूलाई अपहरण गरेर एउटा फ्ल्याट राखेर पटक-पटक बलात्कार गरेको आरोप लगाएका छन् ।
मुद्दा दर्ता गरिएपनि अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन् । प्रहरीका अनुसार छापामारकजा क्रममा आरोपी अधिकारीलाई प्रहरीले पक्राउ गर्न सकेन । उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । गुडगाऊँ प्रहरीले सहयोगका लागि नेपाली दुतावाससँग सम्पर्क गरिरहेको छ । विदेश मन्त्रालयका प्रवक्ताले साउदी दुतावास यो घटनामा विदेश मन्त्रालयको सम्पर्कमा रहेको बताएका छन् । यो घटनाबारे मंगलबार मात्र जानकारी प्राप्त गरिएको थियो । उक्त क्रममा ती महिलाहरू आमा छोरी भएको बताइएको थियो ।
सहायक प्रहरी आयुक्त राजेशका अनुसार पीडित महिलाहरूले आफूहरूलाई पहिले साउदी अरबको जेद्दाह पुर्याइएको थियो र त्यहाँ उनीहरुलाई घरेलु काम गराउने र सोही क्रममा उनीहरूसँग बलात्कार गरिएको थियो । यसपछि उनीहरूलाई गुडगाउँको डीएलएफ फेस-२ को एक फ्ल्याटमा करीव साढे तीन महिनादेखी कैदीको रूपमा राखिएको थियो । उनीहरुलाई सोही फ्ल्याटबाट उनीहरूलाई प्रहरीले उद्धार गरेको हो । दार्जिलिङगमा बस्ने एक युवती नीतूको सहयोगमा यो सम्भव भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नीतू त्यहाँ घरेलु कामका लागि जाने गर्थिन् । उनले त्यहाँको स्थितीलाई बुझेपछि त्यहाँबाट भागेर एउटा एनजिओमा पुगेर त्यहाँ भइरहेको घटनाबारे जानकारी दिएकी थिइन् ।
मानव तस्करीविरूद्व काम गर्ने गैरसरकारी संस्था माइती इण्डियाका प्रतिनिधी बालकृष्ण पाण्डेले नेपाली युवतीहरूलाई मोरङग जिल्लाकी एजेन्ट कल्पनाले साउदी अरबमा जागिर लगाइदिने प्रलोभनमा पारेर दक्षिण भारतका अनवर नामका एजेन्टलाई जिम्मा लगाएकी थिइन् । कल्पनाले ती दुवै महिलालाई १ लाख रूपैयाँमा बेचिदिएकी थिइन् । यसपछी उनीहरूलाई १५ दिनसम्म जेद्दाको एक होटेलमा राखिएको थियो ।
उनीहरूलाई गुँडगाऊको डीएलएफ फेज-२ स्थित केटरोइना फ्ल्याटमा लगियो, जहाँ साउदी अरेबियाको एम्बेसीसँग जोडिएका एक व्यक्ति बस्दै आएका थिए । पाण्डेका अनुसार फ्ल्याटमा साउदी अरबका मानिसहरू आएर उनीहरूको बलात्कार गर्ने गरेका थिए ।
करीब १० दिन अगाडि नीतूलाई पनि त्यहाँ पुर्याईएको थियो । उनले त्यहाँको स्थिति थाहा पाएपछि भागेर आफूलाई जोगाइन् साथै ती दुई नेपाली महिलाको उद्धारकार्यका लागि समेत आग्रह गरेकी थिइन् । नीतूले जानकारी दिएको एनजिओले नेपाली दुतावास र गुँडगाऊ पर्हरीलाई यसको जानकारी दिएको थियो ।
पाण्डेले एएसआई कश्मिरी सिंह, कन्स्टेबल मनीषा, माइती इण्डियाका विजय लांबा र मोहन शाक्यसहितको टोली सोमबार दिउँसो उक्त फ्ल्याटमा पुगेर उनीहरूको उद्धार गरेको थियो ।
घटनाको एक घण्टाका बीचमा साउदी दुतावासका केही गाडीहरू समेत त्यहाँ पुगेका थिए । यसरी दुतावासको गाडी पुग्नूलाई त्यहाँ केही ठुला मानिसलाई खुसी बनाउनका लागि ती महिलाहरूलाई त्यहाँ ल्याइएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।