घर पुर्याउने बाहानामा बलात्कार गर्ने पक्राउ

105
  •  
  •  
  •  

rape

जुम्ला, २३ भदौ (ओएनएस) : बलात्कार आरोपमा जुम्लाका एक जना युवकलाई प्रहरीले प्रक्राउ गरेको छ ।

पीडित महिलाको उजुरीका आधारमा गुठीचौर गाउँपालिका–३ जुम्लाका ३५ वर्षीय पारस बुढालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

पीडित महिलाकाअनुसार बुढाले यही भदौ १९ गते बेलुका घर पुर्याउने क्रममा उनलाई जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।


  •  
  •  
  •