बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

466
  •  
  •  
  •  

pakrau
काठमाडौं, १४ भदौ (ओएनएस) : ११ वर्षीया बालिकालाई डर देखाएर जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–६ खिसिपिडी बस्ने १८ बर्षीय सुबास सुनार र सोही ठाउँ बस्ने मकवानपुर भिमफेदी– ६ घर भएका १९ बर्षीय सरोज सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले चन्द्रागिरी नगरपालिका–६ बस्ने मकवानपुर नौखन्ने घर भएकी ११ बर्षीया बालिकालाई बिगत लामो समय देखि कसैलाई भन्यौ भने मारदिन्छु भनी धम्क्याई जवरजस्ती करणी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

सूचना प्राप्त भएपछि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।


  •  
  •  
  •