बाबुमाथि बलात्कारको आरोप, अनुसन्धान सुरु

394
  •  
  •  
  •  

बनेपा, ९ भदौ (ओएनएस) : काभ्रेपलाञ्चोक जिल्लामा २१ वर्षीया एक युवतीले आफ्नै बाबुमाथि बलात्कारको आरोप लगाएपछि प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।

जिल्लामा बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै पनौती वडा नं २ मा बलात्कारबारे जाहेरी परेको छ ।  आरोपित व्यक्तिलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अरूण बिसीले जानकारी दिए । पीडित युवतीले बाबुलले जबर्जस्ती गरेको उजुरी दिएपछि स्वास्थ्य परीक्षणका लागि पठाएको बिसीले बताए ।

अभियुक्त भनिएका बाबुका दुई श्रीमती छन् । तीमध्ये जेठीतर्फकी छोरीमाथि उनले बलात्कार गरेको प्रहरीको आशङ्का छ ।   छोरीले आफूमाथि बलात्कार भएपछि विष सेवन गरी आत्महत्याको प्रयाससमेत गरेको स्थानीयवासीले बताएका छन् ।


  •  
  •  
  •