बालिकाको सामूहिक बलात्कार

87
  •  
  •  
  •  

काठमाडौं २ भदौ ।
धनुषाको तारापट्टी सिर्सियामा एक नाबालिक सामूहिक बलात्कारको सिकार भएकी छिन्। शनिबार राती करिब ९ बजे आफ्नो घरनजिकै रहेको जनकपुर धनुषाधाम सडकमा शौच गर्न जाँदा मोटरसाइकलमा आएका तीनजना युवकले १३ वर्षीया बालिकालाई जबरजस्ती समातेर खेतमा लगेर बलात्कार गरेको पीडितले बताएकी छिन्।

रक्सीले मात्तिएका तीनजना मोटरसाइकलमा आएको र उनीहरूमध्ये दुईटाले आफूलाई सडकबाट समातेर मुख थुन्दै खेततिर लगेको जनकपुर अंचल अस्पतालमा उपचार गराइराखेकी पीडित बालिकाले बताइन्।

एउटाले जबरजस्ती गर्ने बेलामा अर्कोले हातखुटा समातेको हुनाले आफुले भाग्ने प्रयास गर ेपनि सफल हुन नसकेको उनले रूंदै भनिन्। दुईटाले जबरजस्ती गरिसकेपछि दुखाइका कारण उठ्न नसक्ने अवस्थामा खेतमै लडिरहेको अवस्थामा तेस्रो व्यक्ति ले पनि आएर जबरजस्ती गरेको उनले बताइन्।

धेरै दुखाइपछि जोडले चिच्याउन थालेपछि सो बाटोबाट गइरहेको प्रहरीले आएर ती युवकलाई पक्राउ गरेको पीडितले बताइन्। प्रहरीलेनै गाडीमा राखेर करिब ११ बजे पीडितलाई अंचल अस्पताल ल्याएको धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरिले बताए। बालिका चिच्याइरहेको सुनेर गस्तीमा रहेको प्रहरी टोलीले घटनास्थलमा पुग्दा धनुषाको रमदैया भवाडी घर भएका २५ वर्षीय श्रवण राउत कुर्मीलाई नियन्त्रणमा लिएको र अन्य दुईजना मोटरसाइकलमा लगेर फरार भएको निरीक्षक पुरिले जानकारी गराए। अन्य दुई आरोपीको समेत पहिचान भइसकेको र उनीहरू को तीव्र खोजि भइरहेको प्रहरी निरीक्षकले बताए।

सामूहिक बलात्कारका कारण स्वास्थ्य अवस्था नाजुक भएर पीडित बालिकालाई हिलडुल गर्न समेत कठिनाई भएको उपचारमा संलग्न चिकित्सकले बताए। पीडितका बुवा वैदेशिक रोजगारमा रहेको र आमालाई अस्पतालमै आएर पीडकपक्षका व्यक्ति ले प्रहरीमा जाहेरी नदिन धम्की दिइराखेको महिला अधिकारकर्मी उर्मिला साहले बताइन्। गाउँ समाजमा कुरा मिलाउने भन्दै पीडितकी आमालाई गोदार गाविसका केही व्यक्ति ले धम्की दिएको साहले बताइन्। तर, महिला अधिकारकर्मीको सहयोगमा सोमबार पीडितको तर्फबाट जाहेरी दिने तयारी भइरहेको साहले जानकारी गराइन्। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •