बलात्कार आरोप लागेका राई पुर्पक्षका लागि थुनामा

123
  •  
  •  
  •  

काठमाडौं । बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

प्रतिकात्मक तस्बिर

बलात्कारको आरोप लागेका राईलाई सात देखि १० वर्षसम्म कैद सजाय गर्नुपर्ने माग सरकारी वकिल कार्यालय काठमाडौंले गरेको छ ।

सो मुद्दामा राईको बयान र थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडांैका न्यायाधीश वनोदकुमार पोखरेलको इजलासले उनलाई थुनामा पठाएको हो ।

राईले कात्तिकमा एक युवतीलाई भैली खेल्न जाने भन्दै बोलाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो ।काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको थियो पीडितले उजुरी गरेपछि राईलाई प्रहरीले पक्राउ गरेको थियो ।


  •  
  •  
  •