सामुहिक बलात्कारको आरोपमा दुई पक्राउ

251
  •  
  •  
  •  

कैलाली । किशोरीको सामूहिक बलात्कारको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरी ५ जनाको समूहले शुक्रबार राति बलात्कृत भएको परिवार र स्थानीयले आरोप लगाएका छन् ।

प्रतिकात्मक तस्बिर

इलाका प्रहरी कार्यालय, झलारीका प्रमुख प्रहरी निरीक्षक नैन सिंह साउदका अनुसार शुक्लाफाँटा नगरपालिका–९ कि किशोरी बलात्कृत भएको उजुरीपछि २ जनालाई गरिएको हो ।

प्रहरीले बलात्कारमा संलग्नको अभियोगमा शुक्लाफाँटा नगरपालिका–९ सिर्सैयाका १९ वर्षीय धीरेन्द्र थापा र सोही ठाउँकै भूपेश ऐरलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

अन्य ३ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।  उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •