बलात्कारको आरोपमा पक्राउ

109
  •  
  •  
  •  

काभ्रेपलाञ्चोक, ११ वैशाख(ओएनएस) : प्रहरीले बालिका बलात्कारको आरोापमा बनेपाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मण्डन देउपुर नगरपालिका–३ नयाँगाउँका १९ वर्षीय राज बजगाईं रहेका छन् ।  आफन्तको छोरी घरमा आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई मंगलबार राति उनकै घरबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बलात्कृत बालिकाको आफन्तको किटानी जाहेरीका आधारमा बजगाईंलाई पक्राउ हो ।
पक्राउ परेका बजगाईलाई बुधबार म्याद थप गरी हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको छ ।


  •  
  •  
  •