बालिका बलात्कारको आरोपमा बालक पक्राउ

347
  •  
  •  
  •  

दाङ, २६ फागुन(ओएनएस) : दाङमा बालिकालाई बलात्कार गरेको आरोपमा बालक पक्राउ परेका छन् ।
घोराही उप–महानगरपालिका–१० चारबगियाका १३ वर्षीय बालकले स्थानिय १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बालिकाका बुबाले छोरीलाई जवरजस्ती करणी गरेको जाहेरी दिए पछि ती बालकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

त्यस्तै घोराही–४ की सुरुमा १२ वर्षीया भनिएकी अर्की १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिका–४ का युवराज रानालाई पनि पक्राउ अनुसन्धान थालेको छ ।


  •  
  •  
  •