बसभित्र सामुहिक बलात्कार

224
  •  
  •  
  •  

काठमाडौं २२ साउन ओएनएस
रुकुमकी एक १८ वर्षीया किशोरी बस भित्रै सामूहिक बलात्कारमा परेकी छिन् । बसचालक र सहचालकले बुधबार बिहान पार्किङ गरिएको बसभित्र बलात्कार गरेका हुन् ।
घटनापछि फरार रहेका दुबैजनालाई दिउँसो दाङको तुलसीपुरबाट पक्राउ गरेको छ । पक्राउ परेकामा दाङ तुलसीपुर ९ का स्याने भनिने सुमन विसी र दैलेख नारायण नपा ८ का चंखे भनिने अजिव सुनुवार रहेको छ ।
जिल्ला प्रहरी बाँकेका डीएसपी शुसीलसिंह राठौंरका अनुसार बीसी ना ४ ख ५१६७ नम्बरको बसका सहचाकल हुन् । पीडित किशोरी सोही बसमा रकुमबाट शमशेरगंजस्थित मामाको घरमा आउँदै थिईन । बीसीले उनको मोवाइल र झोला कब्जामा लिएर गन्तब्इमा झर्न नदिइ सगै आउन बाध्य पारेको प्रहरीले जनाएको छ ।

आजका पत्रिपत्रिका


  •  
  •  
  •