११ महिनामा २६ बलात्कारका घटना

623
  •  
  •  
  •  

भक्तपुर, १३ मंसिर(ओएनएस) । भक्तपुरमा प्रत्येक महिना दुई बलात्कारका घटना घट्ने गरेको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो तथ्य पाइएको हो ।

इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म बलात्कारका घटना २६ मध्ये बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटनामा तीन र बाल यौन दुव्र्यवहारमा एक बालिका पीडित भएको बताइन् ।
यसैगरी ६ जनाको हत्या हुनाका साथै बहुविवाहको घटनामा ९ र अपहरणको घटना एक बालक पीडित भएका थिए ।

जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले लागूपदार्थ सेवन गर्ने व्यक्तिबाट धेरै घटना हुने गरेको बताइन् ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले महिला हिंसा मात्रै नभई पछिल्लो समयमा पुरुष हिंसा समेत बढ्दै गएको बताइन् ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जिल्लामा बलात्कारको भयावह अवस्था रहेको बताए ।
गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सोम शर्माले अपराधका घटना न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।


  •  
  •  
  •