जेठमा मात्रै १० महिलाको हत्या, ६ को बलात्कार

209
  •  
  •  
  •  

काठमाडौं ५ असार (ओएनएस) : एक महिनामा १० जना महिलाको हत्या भएको छ । देशभरी जेठ महिनामा मात्रै १० महिलाको हत्या भएको प्रतिवेदन सार्वजनिक भएको छ । जेठ महिनामा महिला हिंसाका ३१ घटना भएको र त्यसमध्ये १० जनाको हत्या भएको मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले जनाएको छ । त्यस मध्ये ६ महिलाको बलात्कार भएको छ ।

सञ्चार अनुगमनअनुसार १० महिलाको हत्या भएको, बलात्कार र बेचबिखनमा छ÷छ महिला परेका प्रतिष्ठाले जनाएको छ । यस्तै, हत्या प्रयासमा चार महिला, घरेलु हिंसा, बन्धक, घाइते, बोक्सीको आरोप तथा यौन दुव्र्यवहारमा एक÷एक जना महिला परेका छन् ।

राष्ट्रिय दैनिकहरूमा गरिएको सञ्चार अनुगमनका क्रममा आफ्नै श्रीमान्सहित हेटौँडामा एक महिलाको सामूहिक बलात्कार भएको देखिएको छ । काठमाडौंबाट प्रकासित हुने दैनिक पत्रिकामा आएको घटनाका आधारमा तथ्याङ्क संकलन गरिएको प्रतिष्ठाले पजनाएको छ ।


  •  
  •  
  •