१६ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

149
  •  
  •  
  •  

काठमाडौं २० चैत ।  साताअघि राजविराजस्थित एक घरमा स्थानीय १६ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । एसएलसी परीक्षाको अन्तिम विषयको परीक्षा शुक्रबार दिएर घर फर्किएकी उनलाई स्थानीय केही युवकले सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

घटनाको सात दिन हुँदा पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । पीडितका आफन्तजनले भने घटनामा संलग्न रहेका दुई यूवकलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको दाबी गरेका छन् ।

बिहीवार पीडित परिवारले पत्रकार सम्मेलन गरी घटनामा संलग्न भएको भन्दै स्थानीय जितेन्द्र खंग र दीपक यादवलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको दाबी गरे । डीएसपी नारायणप्रसाद चिमोरियाले भने उक्त बलात्कार घटनामा हालसम्म कसैलाई पक्राउ गर्न नसकेको बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •