८ वर्षीयालाई यौन दुव्र्यवहार गरे ५६ वर्षीय शिक्षकले

91
  •  
  •  
  •  

काठमाडौं १० चैत ।  विद्यालयमा छात्राहरुसित यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले निजगढस्थित एक उच्च्ामाविका ५६ वर्षीय शिक्षक गोरखबहादुर थापालाई आईतवार पक्राउ गरेको छ । निजगढ ८ का उनलाई अदालतबाट सोमवार चार दिनको म्याद थमाएर थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय निजगढको हिरासतमा राखिएको प्रहरी निरीक्षक कैलाशबहादुर राईले बताए ।

पछिल्लो पटक युकेजी पढ्ने आठ बषर्ीयालाई संवेदनशील अंगमा छुँदै यौनजन्य क्रियाकलाप गरेको भन्दै छात्राको अभिभावकबाट आइतवार उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘आरोपी शिक्षक यसअघिसमेत विद्यार्थीसित यौन दुव्र्यवहार गरेको हुँदा सामसुम गरी मिलाइएको थियो, तर अहिले विद्याथर्र्हिबाटै व्यापक गुनासो आउन थालेपछि पीडितको उजुरीको आधारमा कारबाही सुरु गरिएको हो,’ प्रहरी निरीक्षक राईले भने, ‘विद्यालयलेसमेत यसअघि उनलाई सचेत गराएको थियो ।’
कान्तिपुरबाट


  •  
  •  
  •