बन्धक बनाएर रातभर सामूहिक बलात्कार

73
  •  
  •  
  •  

काठमाडौं १७ कात्तिक ।
हिलेबाट माइक्रोबस चढेर इटहरी जान हिँडेकी किशोरीलाई ती महिलाले फकाएर धनकुटामा नै उतारेकी थिइन् । धनकुटाको परिचय मोडमा उतारेर उनलाई बन्धक बनाइएको थियो । हिलेबाट सँगै माइक्रो चढेकी एक महिलाले किशोरीसँग परिचय गरी आफू पनि इटहरी जाने बताएकी थिइन् । उनले आफूले किशोरीको बाबुआमालाई चिन्ने बताउँदै धनकुटा झरेर आफ्नो कोठाबाट सामान लिएर सँगै जान अनुरोध गरेकी थिइन् ।
माइक्रोबसबाट ओर्लिएपछि उनलाई परिचयमोडनजिकै रमाइलो घुम्तीको एक घरमा लगेर ‘एक छिनमा म आउँछु’ भन्दै ती महिला हिँडेकी थिइन् । त्यसपछि केहीबेरमा आएका दुई युवाले उनीमाथि बलात्कार गरेका थिए । नयाँपत्रिकाबाट


  •  
  •  
  •