कलेज जान हिंडेकी छात्रा एकाबिहानै बलात्कृत

106
  •  
  •  
  •  

काठमाडौं, ९ असोज । कलेज जान हिंडेकी छात्रा एकाबिहानै बलात्कृत भएकी छिन् । इलाम नगरपालिका–९ स्थित पिपलबोटेमा डेरा बस्ने किशोरीलाई स्थानीय १८ बर्षीय सन्दीप निरौलाले बलात्कार गरेका हुन् ।

प्रहरीका अनुसार बाटो हिँड्ने युवतीमाथि वक्रदृष्टि राख्दै पछ्याउने गर्ने क्रममा ती किशोरीलाई बाटोबाटै नियन्त्रणमा लिएर बलात्कार गरेका थिए । बाहुनधारा भन्ने एकान्त ठाउँ पुग्दा एक्कासि पछाडीबाट झम्टिँदै उनले ओढेको सलले घाँटी र मुख थुन्यो र प्रतिकार गर्ने मौका नदिई बाटोमुनिको अम्लिसो घारीमा जर्वजस्ती गरे ।

अपरिचित व्यक्तिले आक्रमण गरी जर्वजस्ती पछि स्थानीयले किशोरीलाई इलाम अस्पताल पुर्याएका थिए । हुलियाकै आधारमा प्रहरीले पिपलबोटेमा निगरानी बढाउँदा निरौलालाई पक्रेको हो ।


  •  
  •  
  •