बालकले बान्ता गरेपछि खुल्यो यौन पिपासु व्यापारीको कर्तुत

165
  •  
  •  
  •  

काठमाडौं, ८ असोज (ओएनएस) : उमेरले ६० नाघिसकेको छ, तर ६–७ वर्षका कलिला बालबालिकाहरुसँग यौन सन्तुष्टि लिने आदत । चकलेट र पैसा दिएर बालबालिकालाई ललाई फकाई दैनिक यौन चाहना पुरा गर्ने घिनलाग्दो दैनिकी । सुन्दापनि अचम्म लाग्छ । यस्तै आदत भएका एक मारवाठी व्यवसायी प्रहरी फन्दामा परेका छन् ।  बालबालिकाहरुलाई अप्राकृतिक मैथुन गराउन लगाएको आरोपमा व्यापारी जगदिश अग्रवाल पक्राउ परेका छन् । कपडाको ठुलो प्यापार गर्दै आएका अग्रवाललाई महानगरीय प्रहरी वृत्त जनसेवाले पक्राउ गरेको हो । ४ देखि ११ वर्षका ६ जना बालबालिकालाई अग्रवालले अप्राकृतिक मैथुन गराउन लगाएको उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।

दुई बालिका र ४ बालकका आफन्तले अग्रवालविरुद्ध जाहेरी दिएका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाले उनलाई पक्राउ गरेको हो । वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक बेद बिष्टका अनुसार बालबालिकालाई फकाएर कपडाको गोदाममा लगि मैथुन गराउने गर्दथे । अग्रवालविरुद्ध प्रहरीले जर्बजस्तीकरणी मुद्दाको महल ९ अनुसार मुद्दा चलाउने भएको छ । जसमा जर्बजस्तीकरणी मुद्दामा भन्दा धेरै सजाय हुन्छ ।

इन्द्रचोकमा सारी र कुर्ता सुरुवालको पसल चलाउने उनले पसल आसपासमा बस्ने बच्चाहरुलाई चकलेट दिई फकाएर गोदाममा लाने गरेको अनुसन्धानमा खुलेको छ । अप्राकृतिक मैथुन गराएपछि उनले कसैलाई भने मारिदिने धम्की दिने गरेका थिए ।
मंगलबार एक बालक घर गएपछि वान्ता गरेपछि घटना बाहिर आएको थियो । बालकको आफन्तले सोधपुछ गर्दा अग्रवालको कुर्तत खुलेको थियो । त्यसपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए । अरुमाथि पनि अग्रवालले त्यस्तो गतिविधि गरेको हुनसक्ने आशंकामा प्रहरीले सोधपुछ गर्दा अन्य पिडितहरु समेत खुलेर प्रहरीमा जाहेरी दिएका हुन् । अग्रवाललाई अदालतले थुनामा राख्न म्याद दिइसकेको छ ।


  •  
  •  
  •