युवती सामुहिक बलात्कारमा

78
  •  
  •  
  •  

काठमाडौं १५ भदौ ।
मुलुकभर हिन्दु महिलाले धुमधामकासाथ तीज मनाईरहदा यस पर्यटकीय शहरमा भने एक युवती सामुहिक बलात्कारको शिकार भएकी छिन ।

लमजुङ घर भई पोखरामा बस्दै आएकी २० वर्षीय अबिबाहित बलात्कारमा परेकी हुन । प्रहरीका अनुसार ८ युवाले बाटोमा हिडिरहेकी युवतीलाई नियन्त्रणमा लिएर पोखरासँगैको काहुँ, २ कुसुन्डे भन्ने ठाउँमा लगेर बिहीबार साँझ आठ बजेतिर बलात्कार गरेका थिए । साँझपख घुम्न (हावा खान) निस्किएकी उनी डेरातर्फ फर्किदै थिईन । युवती यहाँको एक क्याम्पसमा स्नातक तेस्रो बर्षमा अध्ययनरत छिन ।

बलात्कार आरोपमा प्रहरीले पोखरा, १३ अन्नपुर्ण टोलका लेखबहादुर गुरुङ र किरण श्रीस मगरलाइ पक्राउ गरेको छ । दुवैजनाले घटना स्विकार गरेका छन । अन्य आरोपित फरार छन । आरोपित युवा फरार भएकाले प्रहरीले घटनाबारे २ दिनपछिमात्रै सार्वजनिक गरेको हो । घटनामा प्रयोग भएको एक मोटरसाईकल पनि बरामद भएको छ ।

कोठातर्फ फर्किने क्रममा मोटरसाईकलमा आएका एक युवाले युवती एक्लै देखेर पुर्‍याईदिन्छु भनेका थिए । तर युवती जान नमानेपछि अघि बढेका युवाले बाटो ढुकेर बसेका र अन्य साथीलाईसमेत बोलाएरको प्रहरीले जनायो । त्यसपछि करीब एक किलोमिटर माथिको कुसुन्डे डाँडामा लगेर उनलाई पालैपालो बलात्कार गरेका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले बताए । ‘घटना गलत मानसिकताको उपज हो,’ लामाले भने, ‘संवेदनशील घटना भएकाले फरार भएकालाई खोजी गरी अनुसन्धानलाई तिब्रता दिएका छौ ।’ युवती अहिले अभिभावकको संरक्षणमा छिन । १८ देखि २२ बर्ष उमेर समुहका युवाले झण्डै एकघन्टाजति बलात्कार गरेका थिए ।

प्रहरी श्रोतका अनुसार एउटै गाउँ भएकाले पीडित युवती र केही युवाबीच पहिल्यै चिनजान रहेको छ । घटनामा संलग्न केही युवा लमजुङ घर भई पोखरामा बस्दै आएका हुन ।

पीडितले प्रहरीसमक्ष आफुलाई जबरजस्ती नियन्त्रणमा लिएर बलात्कार गरिएको जाहेरी दिएकी छिन । प्रहरीले सामुहिकरुपमा जबरजस्ती करणी मुद्धामा अनुसन्धान थालेको छ । पक्राउ दुईलाई अदालतबाट म्याद थप गरीसकिएको प्रहरीले बतायो ।
कान्तिपुरबाट


  •  
  •  
  •