नेपाली युवतीको दिल्लीमा सामुहिक बलात्कार

111
  •  
  •  
  •  

नयाँदिल्ली १० भदौ । भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली युवती सामूहिक बलात्कार भएको छ । काठमाडौ घर भएकी १९ वर्षिया ती युवतीलाई दिल्लीको दक्षिणी क्षेत्रस्थित मेरौली भन्ने स्थानको एक घरमा लगेर सामुहिक बलात्कार भएको हो । उनको ६ युवकले सामूहिक बलात्कार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
जागिर दिलाइदिने भन्दै एक युवकले उनलाई मेरौलीस्थित एउटा घरमा पुर्‍याएको थियो। त्यहाँ पुगे लगत्तै उ लगायत त्यहाँ कुरेर बसेका अन्य ५ जनाले जबरजस्ती रक्सी सेवन गराएर बलात्कार गरेको दिल्ली प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान जारी रहेको छ । युवतिको परिचय गोप्य राखिएकबो छ ।


  •  
  •  
  •