कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै राप्रपाले जनसंर्घष गर्ने

62
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै जनसंर्घष गर्ने भएको छ ।

राप्रपा अध्यक्षत्रयको मंगलबार बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समीक्षा गर्दै भावी कार्यक्रमबारे छलफल गरेको छ। स्थानीयतहमा पार्टी समायोजनलाई तिव्रता दिने निर्णय पनि बैठकले गरेको छ।

राप्रपा अध्यक्ष कमल थापाले बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा गर्दै भावि कार्यक्रमवारे छलफल गरेको बताए ।

उनका अनुसार स्थानीयतहमा पार्टी समायोजनलाई तिव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता,भ्रष्टाचार, बेरोजगारी समस्या लगायतका विषयलाई लिएर तिहार÷छठ पछि जनसंघर्ष गर्नेबारेमा समेत छलफल भएको छ ।


  •  
  •  
  •