राप्रपाले जलायो ‘धर्म निरपेक्षता’ लेखिएको प्ले कार्ड र ब्यानर

605
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख(ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानमा भएको धर्म निरपेक्षतासम्बन्धी प्रावधानप्रति असन्तुष्टी जनाउँदै शुक्रबार देशका विभिन्न जिल्लामा ‘धर्म निरपेक्षता’ लेखिएको प्ले कार्ड र ब्यानर जलाएका छन् ।

२२ सूत्रीय मागबारे सरकार गम्भीर नभएको भन्दै सांकेतिक रुपमा संघर्षका कार्यक्रमअन्तर्गत धर्म निरपेक्षता लेखिएका प्लेकार्ड र ब्यानर जलाएको पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।

यस्तै लिङ्देनको अगुवाइमा झापाको सदरमुकाम चन्द्रगढीमा भएको प्रदर्शनपछि ब्यानर र प्लेकार्ड जलाइएको छ ।
धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको माग राख्दै विरोध र्‍याली निकालिएपछि सदरमुकाममा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको थियो ।

कार्यक्रममा राप्रपाका झापा अध्यक्ष अमर विष्ट, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापा अध्यक्ष राजकुमार राई लगायतको सहभागिता रहेको थियो । राप्रपाको संघर्षका कार्यक्रम अझै जारी रहेको लिङ्देनको भनाइ छ ।


  •  
  •  
  •