१२ वर्षको उमेरमै कण्डम प्रयोग गरे : नायक रणवीर सिंह

44
  •  
  •  
  •  

ranveer-singhकाठमाडौँ, पुस(एजेन्सी) : बलिउडका नायक रणवीर सिंहले आफूले पहिलोपटक १२ वर्षको उमेरमा कण्डमको प्रयोग गरेको बताएका छन् । फेशन म्यागाजिन जिक्यु लाई दिएको अन्तरवार्ताका क्रममा रणवीरले २६ वर्षको उमेरसम्ममा केही महिलासँग सम्बन्ध समेत रहेको बताएका छन् । रणवीरले हालै एक कण्डम कम्पनीको विज्ञापनमा समेत खेलेका छन् ।

म्यागाजिनले आगामी जनवरीको अंकका लागि रणवीरसँग गरेको अन्तरवार्ताका क्रममा बलिउड स्टारहरूले कण्डमको विज्ञापन नगर्ने भएपनि उनले किन गरेको भन्ने प्रश्नमा रणवीरले आफूले नै उक्त विज्ञापन गर्नका लागि कम्पनीलाई प्रस्ताव राखेको बताएका छन् ।

उक्त कम्पनीको विज्ञापन गर्नुको रहस्य खोल्दै रणवीरले १२ वर्षको उमेरमा पहिलोपटक आफुले प्रयोग गरेको कण्डम सोही कम्पनीको रहेको बताएका छन् । रणवीरले उक्त विज्ञापनको स्क्रिप्ट समेत आफैले लेखेका बताएका छन् ।

उनले २६ वर्षको उमेरसम्ममा केही सम्बन्धमा रहेपछि आफूलाई एक जनासँगको सम्बन्ध नै राम्रो हुने महसुस भएको बताएका छन् । यसले आफूलाई फाइदा समेत भएको सम्बन्ध निकै अगाडि बढेको बताएका छन् ।


  •  
  •  
  •