‘राम-लीला’ले चाडै विवाह गर्ने

341
  •  
  •  
  •  

काठमाडौ, १८ साउन(एजेन्सी): पछिल्ला दिनहरूमा बलिउड नायक रणवीर सिंह र दीपिका पादुकोणको प्रेमको चर्चा निकै चलेको छ । यी दुईबीच चलिरहेको अफयेरले भारतीय सञ्चारमाध्यमलाई निकै तताएको छ तर थप समाचारहरू के पनि छन् भने, यी दुई चाडै विवाह गर्ने सोचमा रहेका छन् ।

ranveer-deepika-bondबलिउडका एक निर्देशक जो यी दुईका बीचमा निकै नजिक छन्, उनले रणवीर र दीपिका दुवै यो सम्बन्धलाई लिएर निकै चिन्तित छन् । उनीहरू सकेसम्म आफूहरूलाई सार्वजनिक स्थानमा राम्रो साथीको रूपमा देखाउने गर्छन् । तर, दुवैको एक अर्काप्रतिको उनीहरूको भावनामा छुपेको छैन । तर प्रश्न के हो भने दुई जनाले नै यो सम्बन्धलाई विवाहको अवस्थामा पुर्याउँछन् ? यसका लागि प्रतिक्षा गर्नु नै पर्ने हुन्छ । एक निकै नजिकको स्रोतलाई उदृत गर्दै एक भारतीय सञ्चारमाध्यमले दुईबीच २०१५ सम्म विवाह गर्ने विचार गरिसकेका छन् ।

यस्तै, जोया अख्तरको नयाँ चलचित्र ‘दिल धड्कने दो’ मा रणवीर सिंह पनि काम गर्दै छन् । उनको सुटिङ इस्तानबुलमा भइरहेको थियो । सोही समयमा अचानक सेटमा दीपिका पादुकोण पुगिन् र रणवीरलाई भेटेर फर्किइन् । उनी रणवीरलाई मात्र भेट्नका लागि त्यहाँ पुगेको बताइएको छ ।

रणवीर सिंह र दीपिका पादुकोणले संजय लिला भंसालीको चलचित्र ‘राम-लीला’मा एकसाथ काम गरेका थिए र यी दुईबीचको प्रेम चलचित्र सुटिङका क्रममा नै निकै गहिरिएको बताइएको छ ।


  •  
  •  
  •