भाजपा उपाध्यक्ष रेणु देवीले भनिन् : सावधान ! जातीय द्वन्द्व चर्काएर नेपाललाई फुटाइदै छ

203
  •  
  •  
  •  

Runu deviकाठमाडौं फागुन ५ (ओएनएस) : भारतीय जनता पार्टीकी राष्ट्रिय उपाध्यक्ष रेणु देवीले जातीय संघीयतामा गए नेपाल टुक्रा टुक्रामा विभाजित भई विनाश हुने बताएकी छिन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा भारत जातीय संघीयताको विपक्षमा रहदै आएको स्पष्ट पार्दै नेपालको एकता, शान्ति र विकासका लागि जातीय संघीयता हुनै नहुने बताएकी हुन् ।

‘जातीयताका आधारमा संघीयतामा गए नेपाल टुक्रा टुक्रा हुन्छ, विनाश हुन्छ’ देवीले कडा शब्दमा भनिन्,‘ सावधान ! जातका नाममा द्वन्द्व चर्काएर नेपाललाई फुटाउन खोजिएको छ ।’ नेपाललाई टुक्रा टुक्रापार्न खोज्नेहरूको नियोजित उद्देश्यकहिले पूरा हुन नसक्ने बताइन् । नेपालको विनाश गर्न खोजिएको अवस्थामा भारत चुप लागेर नबस्ने देवीको भनाई थियो ।

संविधान निर्माणको क्रममा रहँदा नै भारतले विभाजन भोगेकाले नेपालका नेताहरूलाई सुझबुझका साथ संविधान बनाउन आग्रहगरिन् । नेपाललाई विभाजन गर्न खोज्नेहरू सक्रिय हुन खोजेको भन्दै त्यसतर्फ आफूहरू पनि सतर्क रहेको खुलाइन् । तर विभाजनगर्न खोज्ने शक्तिको हुन् भन्ने स्पष्ट पार्न चाहिनन् । भारतलाई दोष दिएर नेपालसँग सम्बन्धबिगार्न खोज्नेहरूको उद्देश्यकहिले पूरा नभएको भन्दै भारत नेपाल संकटमा पर्दा चुपलागेर बस्न नसक्ने बताइन् ।

नेता देवीले नेपाल सधै  हिन्दू  राज्य नै रहेको तर्क गरिन् । भाजपा नेपालमा  हिन्दू  राष्ट्र चाहन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘नेपाल जहिले पनि  हिन्दू राज्य थियो, छ र भइरहनेछ ।’  हिन्दू को अर्थ सभ्यता, सहिष्णुता र संस्कार रहेको उल्लेख गर्दै नेपालमा त्यसको अभ्यास भइरहेको बताइन् ।

नेपाल  हिन्दूहरूको सुन्दर तपोवन भएकाले भारतको असल छिमेकी देशमामात्र सिमित नरहेको बताइन् । मधेशीको अधिकारबारे सोधिएको प्रश्नमा देवीले भनिन्, ‘मसँग मधेशीको कुरा गर्नुहोस्, जातियताको कुरा नगर्नुहोस्, सबै नेपाली र नेपालको विकास र प्रगतिमा जुट्नुहोस् ।’

भारत नेपालको विकास भएमात्र खुशीहुने भन्दै त्यसका लागि थप सहयोग घोषणा हुने बताइन् । देवीले भनिन्, ‘संविधान नबनेसम्म विकास हुनसक्दैन । त्यसैले सबै स्वार्थ बिर्सेर नेपालको हितका लागि संविधान बनाउनुहोस् । ’

कम्युनिष्टहरूले देशलाई ध्वस्तपारेको घटना औल्याउँदै नेपालमा पनि कम्युनिष्ट गतिविधिले क्षति पु-याएको तर्क गरिन् । उनले भनिन्,‘रूसमा कम्युनिष्टको निरंकुश शासनले देशलाई विभाजनमा पु-याएको इतिहास साक्षी छ ।’ माओको नाममा कम्युनिष्टले नेपालाई पछाडि धकेलेको देवीको भनाई थियो । कम्युनिष्टबाट देश र जनताको हितहुन नसक्ने तर्क गरिन् ।


  •  
  •  
  •