अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्‍जित तामाङ निर्वाचित

174
  •  
  •  
  •  

Ranjit-Tamang १काठमाडौं, १७ भदौ (ओएनएस) : माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्‍जित तामाङ विजयी भएका छन् ।

एकताको २१ औ महाधिवेशन अन्तर्गत शनिबार विहान सम्पन्‍न मत गणनाअनुसार तामाङले आफ्नो प्रतिस्पर्धी अनिल शर्मालाई २१ मतले पराजित गर्दै अध्यक्षमा जित हात पारे ।

त्यस्तै, उपाध्यक्षमा उपाध्यक्षहरुमा खुलामा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् ।

महासचिवमा उत्तम अधिकारी निर्वाचित भए भने उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वाचित भएका छन् । उपमहासचिवमा महिला कोटाबाट आशा तमु यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् भने खुला सचिवमा डीबी साउद, नरेश रेग्मी र महिला कोटाको सचिवमा गंगा दाहाल विजयी भइन् ।

चुनाव विद्यार्थी संगठनको भएपनि माओवादी केन्द्रका नेताहरुले यसलाई प्रतिष्ठाको विषय बनाएका थिए । गृहमन्त्री जनार्दशन शर्माले अनिल र वर्षमान पुनले  रञ्जितलाई खुलेरै  समर्थन गरेको खबर सार्वजनिक भएका थिए। अनिल र गृहमन्त्री शर्माको गृहजिल्ला रुकुम हो ।


  •  
  •  
  •