सरकारले भारतीय राजदुतसँग बोलाएर जानकारी लिदै

179
  •  
  •  
  •  

काठमाडौं ८ असोज (ओएनएस) :
भारतले गरेको अघोषित नकाबन्दीका विषयमा सरकारले भारतीय राजदुतसँग जानकारी लिने भएको छ । दिल्लीको आदेश भन्दै नेपाल भित्रिन लागेका दर्जनौ गाडीहरु सीमा नाकामा रोकिएपछि सरकारले भारतीय राजदुत रञ्जित रायलाई बोलाएर जानकारी लिन लागेको हो । बुधवार साँझदेखि भारतसँग जोडिएका भन्सार नाका सयौ ट्याङकर रोकिएका छन् ।

प्रमुख तीनदलको निर्णय अनुसार प्रधानमन्त्रीले निर्देशन दिएपछि पराष्ट्रमन्त्रालयलय राजदुत रायसँग जानकारी लिन लागेको हो । बिहान १० बजेपछि भारतीय राजदुत रायलाई बोलाएर जानकारी लिने पराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि भारतले नाकाबन्दी नलगाएको बताएपछि भन्सार कार्यालयमा चेकजाँच भइसकेका सवारी साधनलाई सुरक्षाको कारण देखाउँदै रोक लगाइएको छ ।


  •  
  •  
  •