मोर्चालाई भारतीय राजदूतको सुझाव ‘५ गतेभित्र सहमति गर्नुहोस्’

135
  •  
  •  
  •  

RANJIT-RAEकाठमाडौं ३ माघ (ओएनएस) : नेपालका लागि भारतीय राजदूत रञ्जित रेले माघ ५ गतेभित्रै सहमति गरेर राजनीतिक समस्या समाधान गर्न मधेसी मोर्चालाई सुझाव दिएका छन् । विहान तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको भेटमा राजदूत रेले अब भएका उपलब्धिलाई सस्थागत गरे अरु समस्या टुङ्गो लगाउदै जाने बाटोमा अघि बढ्न सुझाव दिएका हुन ।

राजदुत रे र ठाकूरबीच बिहान ब्रेकफाष्ट मिटिङ भएको छ । भेटमा रेले समानुपातिक समावेशिता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने सवालमा प्रमुख तीन दल अन्तरिम संविधानको स्प्रीट अनुसार नै जान तयार भएकोले त्यसै अनुसार अघि बढ्न आग्रह गरेका थिए ।

नागरिकताको सवालमा समेत हिजोको बैठकमा प्रष्ट पारिसकेकोले अब सहमतितिर अघि बढेकाले आफू विश्वस्त रहेको रेले बताएका थिए । उनले तीन महिनाभित्र संयन्त्र गठन गरेर सीमांकन टुङग्याउन तयार हुन पनि सुझाव दिएको स्रोतले जनाएको छ । ठाकुरले संयन्त्रमार्फत तीन महिनामा सीमांकन टुङग्याउन आफूहरु तयार रहे पनि भरपर्दो आधत्रार खोजेको बताएका थिए ।

विगतमा मदन परियार नेतृत्वको राज्यपुर्नसंरचना आयोग, संविधानसभाको राज्य पुनःसंरचन तथा राज्य शक्तिको बाँडफाड समितिको प्रतिवेदन र आफुहरुसँग भएको ८ र २२ बुँदे सम्झौतालाई आधार बनाएर सीमांकन गर्नु पर्नेमा मोर्चा अडिग रहेको बताएका थिए । राजदूत रेले आजै काठमाडौ फर्किने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।


  •  
  •  
  •