आन्दोलनमा भारतलाई जबरजस्ती ‘इन्भल्भ’ गराउने प्रयास : राजदूर रे

188
  •  
  •  
  •  

RANJIT-RAEकाठमाडौँ, १७ कात्तिक(ओएनएस) : नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारतले नेपालको सधै हित चाहने बताएका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटका क्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली नागरिकले पाएको दु:खप्रति भारत संवेदनशील भएको उल्लेख गरेका छन् । भारतले मधेस आन्दोलनमा समर्थन जनाएर नाकाबन्दी नगरेको स्पष्ट पारेका थिए ।

उनले मधेस आन्दोलन नेपालको आन्तरिक समस्या भएको भन्दै आन्दोलनमा भारतलाई जबरजस्ती ईन्भल्भ गराउने प्रयास गरिएको भन्दै दु:ख व्यक्त गरेका थिए । उनले मन्त्री सत्यनारायण मण्डलको अभिव्यक्ति पनि उचित नभएको उल्लेख गरेका छन् । यसअघि मन्त्रीको अभीव्यक्तिबारे भारतीय दुतावासले विज्ञप्ति जारी गर्दै पनि विरोध जनाएको थियो ।

उनले राजनीति तहबाट मधेसको समस्या समाधान भए नाकाको अवरोध हट्ने बताएका छन् । नेपालमा भारत विरोधी गतिविधि जवरजस्ती बढाउन खोजिएको भन्दै उनले गुनासो गरेका छन् ।

भेटमा अध्यक्ष प्रचण्डले आन्दोलनमा भारतीय संलग्नता नभए पनि भारतीय नागरिक आन्दोलनमा देखिँदा त्यसले नराम्रो सन्देश दिएको बताएका छन् । उनले राजदूत रेलाई अवरूद्ध भएका भन्दा अन्य नाकबाट आपूर्ती सहज गरेर भारतले नाकाबन्दी नगरेको सन्देश दिन समेत सुझाव दिएका छन् ।


  •  
  •  
  •