भारतीय राजदुतद्धारा मोर्चाको निमन्त्रण अस्वीकार !

427
  •  
  •  
  •  

काठमाडौं ९ बैशाख (ओएनएस) :
मधेसी मोर्चाले कुटनीतिक समर्थन खोज्न बोलाएको भेला भारतीय राजदुत भने नजाने भएका छन् । आफ्नो आन्दोलनमा समर्थन खोज्न मोर्चाले नेपालमा रहेका सबै कुटनीतिक नियोगका अधिकारीलाई बिहीबार दिउँसो छलफलका लागि बोलाएको छ । भारतीय राजदुत रञ्जित रेलाई पनि निम्ता पठाएको थियो । भारतीय राजदुत भने आनिर्धारित कार्यक्रम भन्दै पोखरा गएका छन् । जानुको साटो पोखरा जाने दुतावास स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार मोर्चामा देखिएको विवाद र छलफलपछि विवादास्पद बन्ने भन्दै उनी नजाने निस्कर्ष पुगेका हुन् । आबश्यक परे उनले एक्लै छलफल गर्ने बताएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भेलामा आउन खबर गरेका थिए ।

तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महता भने असन्तुष्ट छन् । पहिला छलफल गर्ने की पहिला आन्दोलन घोषण गर्ने भन्नेमा विवाद देखिएको छ ।


  •  
  •  
  •