नेविसंघकै कार्यकर्ताले भने : रञ्जीत कर्णलाई जुत्ताको माला लगाउने र कालोमोसो दल्ने हामी हौ

246
  •  
  •  
  •  

भक्तपुर ,  ३० असार (ओएनएस) :   नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष तथा सभासद रञ्जीत कर्णको मनपरीका कारण कालोमोसो दलेको नेविसंघकै कार्यकताले बताएका छन् ।

रफत सञ्चार क्लवमा पत्रकार सम्मेलन गर्दै नेविसंघ नेपाल इन्जिनियरिङ्ग कलेज इकाई समितिका पदाधिकारीले लामो समयसम्म कलेजमा विधान विपरीत गएर आर्थिक चलखेल गर्दै मनपरि गरेकाले बाध्य भएर इकाइ समितिका पदाधिकारीले कालोमोसो  दलेको बताएका हुन् ।

सम्मेलनमा इकाई सचिव अशेष श्रेष्ठले कर्णले पैसा लिएर सदस्य नियुत्ती गर्ने, ५० हजार भन्दा बढी रकम लिएर क्याम्पस इकाइ अध्यक्ष बनाउने र जिल्ला अध्यक्षको मूल्य एक लाख र केन्द्रिय सदस्य बन्न तीन लाख सम्म लिएको आरोप लगाए ।

श्रेष्ठले भने, ‘कालोमोसो दल्ने कुनै योजना नभएको र बारम्बार कर्णलाई विधान बिपरित काम नर्गन आग्रह गर्दा समेत समय उपलब्ध नगराउने र मनपरि चिठीका आधारमा अध्यक्ष पद प्रदान गरेकाले बाध्य भएर उनै निवासमा यस्तो घटना भएको हो ।’

कर्ण प्रकरणमा जसरी नाम किटान गरिएको छ त्यसमा सत्यता नभएको र इकाई समितिका पदाधिकारीले कालोमासो दलेको भन्दै अन्यको नाम जसरी आयो त्यो राजनीतिक प्रतिशोध भएको श्रेष्ठले बताए । उनले भने , ‘कर्णंले विभिन्न कलेजका इकाइ समितिमा टिकेप्रथा बसाल्ने परम्पराको अन्त्यका लागि समेत यो चेतावनी हो ।’

नेपाली का‌ंग्रेसका अग्रज नेताहरुले बेलैमा यो प्रकरणबाट पाठ सिकेर विधानसम्मत काम गर्न नसके यस्ता थुप्रै घटना घट्न सक्ने भन्दै रञ्जीतको मनपरी तत्काल बन्द गर्नु पर्ने र अनाहाकमा थुनामा परेकालाई तत्काल रिहा नगरे आन्दोलन गर्ने बताए ।


  •  
  •  
  •