१२ बर्षपछि रानीबारी हत्याकाण्डका दुई अभियुक्त पक्राउ

190
  •  
  •  
  •  

काठमाडौ, १ चैत(ओएनएस) :  प्रहरीले रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी मनराज गुरुङ र प्रमेश चौहानलाई सार्वजनिक गरेको हो

। उनीहरुले ६ लाख रुपैयाँ लिएर कन्ट्रयाक किलिङ मार्फत घटना घटाएको प्रहरी जनाएको छ । २०५९ साल असार ३१ गते विहान ६ बजे रानीबासीस्थित डेरामा हेमन्त श्रेष्ठ र उनकी श्रीमती अञ्जली श्रेष्ठको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।

ranibari 3

साथै, श्रेष्ठ दम्पतीका सात वर्षकी छोरीमाथि पनि धारिलो हतियार प्रहार भएपनि उनी बाँच्न सफल भएकी थिइन । प्रहरीका अनुसार घरबेटी गीता खड्कालाई मार्ने योजनामा रहेका अभियुक्तहरुले पहिला श्रेष्ठ दम्पतीमाथि आक्रमण गरेका थिए । खड्काको कोठमा जानलाई श्रेष्ठ दम्पतीको कोठा हुँदै जानु पर्ने भएकाले पहिला उनीहरुलाई हत्या गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

खड्का भने वाथरुपमा लुकेर ज्यान जोगाउन सफल भएकी थिइन् । हत्याका योजनाकारको पहिचान भएको तथा उनी अहिले विदेशमा रहेको प्रहरीले जनाएको छ ।ranibari 1

rani bari 2


  •  
  •  
  •