पुरातत्व विभागको मापदण्ड अनुसार पोखरी निर्माण गर्न सरकारको निर्देशन

177
  •  
  •  
  •  

काठमाडौ,१३ पुस (ओएनएस): पुरातत्व विभागको मापदण्ड अनुसार नै रानीपोखरी पुनर्निर्माण गर्न सरकारले काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। रानीपोखरीमा कंक्रिट प्रयोग गरिएको भन्दै बिवाद चुलिए पछि सरकारले उक्त निर्देशन दिएको हो। विभागका प्रवक्ता रामबहादुर कुँवरले भने कंक्रिट प्रयोग गर्ने गरी महानगरपालिकालाई स्विकृति नदिइएको स्पष्ट पारेका छन्।
रानीपोखरी पुननिर्माणको बिषयलाई लिएर काठमाडौं महानगरपालिका मेयर बिद्या कुमार शाक्य र उपमेयर हरिप्रभा खड्कीबीच बिवाद बढेको छ ।

उप मेयर खड्कीले पोखरीको ऐतिहासिकता नमेटिने गरी निर्माण हुनु पर्नेमा जोड दिएकी छिन् भने प्रमुख शाक्यले आधुनिक संरचनामा निर्माण हुनु पर्ने कुरामा जोड दिदै आएका छन् ।

रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुरातत्व विभाग आफैंले निर्माण गरिरहेको छ।


  •  
  •  
  •