रंगेली घटनामा मारिएका ३ लाई शहिद घोषणा गर्न सिफारिस गरिने

169
  •  
  •  
  •  

विराटनगर, १० माघ(ओएनएस) : मोरङको पुरानो सदरमुकाम रंगेलीमा मृत्यु भएका तीनजनालाई सहिद घोषणाकालागि सिफारिस गरिने भएको छ । बिहिबार प्रहरीले चलाएको गोलीलागि मृत्यु भएकाहरुका तीनजनालाई शहिद घोषणा गर्न सिफारिस गर्ने सहमत भएको हो ।

युवासंघले आयोजना गरेको कार्यक्रम विथोल्न गएका मधेशी मोर्चाका कार्यकर्तालाई रोक्ने क्रममा बिहिवार प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर मृत्यु भएका द्रौपतीदेवी चौधरी, महादेव ऋसिदेव र सिबु माझीको परिवारलाई तत्काल २५ हजार राहत र शहिद घोषणा गर्ने सहमति भएपछि मधेशी मोर्चाले सब बुझ्न सहमति जनाएको हो ।

आइतबार जिल्ला प्रशासनमा भएको छलफलमा तत्काल मृतकका परिवारलाई राहत स्वरुप २५ हजार रुपैया दिने सहमति भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्वदलीय बैठकमा पीडित परिवारलाई २५ हजार रुपैयाँ राहत दिने सहमति भएको हो ।

रंगेली घटनाको छानविन गर्न उच्चस्तरीय न्यायीक समिति गठन गर्ने र घाइतेहरुको निःशुल्क उपचारको लागि सिफारिस गर्ने सहमति भएपछि मोर्चाले मृतकको सव बुझने सहमति जनाएको हो । गत बिहीबार रंगेलीमा प्रहरीसँगको झडपका क्रममा तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा द्रौपतीदेवी चौधरी, महादेव ऋषिदेव र शिवु माझीको मृत्यु भएको थियो ।


  •  
  •  
  •