हिमापातका कारण हराइरहेकाहरुको बिहानैबाट खोजी सुरु

80
  •  
  •  
  •  

काठमाडौं ३० असोज (ओएनएस) : उच्च हिमाली क्षेत्र मुस्ताङ र मनाङमा भएको भारी हिमपातमा हराएहरुको खोजी कार्य बिहानदेखि सुरु भएको छ । नेपाली सेनाको हेलिकोप्टरले खोजी कार्य सुरु गरेको छ । स्वेदेशी र विदेशी गरी अहिलेसम्म २४ जनाले ज्यान गइसकेको छ । एक सय भन्दा बढी अझै हराइरहेका छन् । आठ दिन अघि भारतको अन्दमान निकोबार समुन्द्री आंधी हुडहुड प्रभावले हिमाली क्षेत्रमा भारी हिमपात भएको हो । अहिलेसम्म पनि सो क्षेत्रमा व्यापक हिमपात भैरहेकाले उद्धारमा निकै कठिनाई भएको बताइएको छ ।

हिमपात भएका क्षेत्रमा हेकिप्टरबाट थुप्रै शवहरु देखिएको तर मौसमका कारण उद्धार गर्न नसकिएको सुरक्षा निकायले जनाएका छन् ।
मुस्ताङमा हिउँले पुरिएर मृत्यु भएका १६ जनामध्ये ९ जना नेपाली रहेका छन् भने ३ जना पोल्याण्ड, ३ जना इजरायल र १ जना भियतनामी नागरिक छन् ।
अन्नपूर्ण सर्किटमा गएका उनीहरु थोराङपास पार गरेर मुक्तिनाथतर्पm झर्ने क्रममा ५ हजार मिटरको डमक्याम भन्ने स्थानमा आइपुग्दा हिमपातमा परेको जनाईएको छ । चिसोले कठ्याङग्रिएर उनीहरुको मृत्यु भएको बताइएको छ । मुस्ताङबाट १९ जना घाइतेलाई उद्धार गरिएको छ ।

मनाङको नार गाविसमा चौंरी चराउन गएका ३ जना नेपालीको हिउँमा परी मृत्यु भएको हो । अन्नपूर्ण सर्किटमा गएका १ सय ५० जनाको खोजी भइरहेको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।


  •  
  •  
  •