कट्रिनाले समय नदिदाँ रणवीरले रोमान्स गर्न पाएनन्

79
  •  
  •  
  •  

Katrina- Ranbirरणवीर कपुर र कट्रिना कैफको जोडीलाई चलचित्रको पर्दामा हेर्ने धेरैको इच्छा होला, तर यसपटक पनि त्यो इच्छा पूरा नहुने भएको छ ।

किशोर कुमारको जीवनीमा बन्न लागेको चलचित्रमा रणवीर  कपुर त नायकको भूमिकामा हुनेछन् तर कट«िनाले भने उक्त चलचित्र खेल्न नसक्ने भएकी छिन् । अनुराग बसुका अनुसार उक्त चलचित्रमा अभिनय गर्दै रणवीरसँग  पर्दामा रोमान्स गर्नका लागि कट्रिनाले समय दिन सकिनन् । उनी व्यस्त भएकाले उनले यसपटक पनि रणवीरसँग  रोमान्स गर्ने मौका गुमाउने भएकी छिन् ।

अनुरागले यस विषयमा  जानकारी दिँदै भनेका छन्, ‘कट«िनाको साथमा यस चलचित्रमा अभिनय गर्नका लागि समय छैन्, यसकारण यी दुई यस चलचित्रमा एक साथ काम गर्न मुस्किल छ ।
तर, अनुराग बसुको ‘जग्गा जासुस’ कट्रिना  मुख्य नायीकाको रुपमा  देखिने छिन् ।कट्रिनाको निकै तारिफ गर्दै अनुराग बसुले भने, ‘म सधै नै कट्रिनाको साथमा काम गर्न चाहन्थे । मैले यस चलचित्रमा मात्र होइन की बर्फीमा पनि उनलाई लिन चाहेको थिए’ तर त्यतिबेला पनि उनको समयको कारण उनले यस चलचित्र शुटिङ गर्न पाइनन् ।


  •  
  •  
  •  

Comments are closed.